धनगढी २३ असार/नंया नेतृत्व चयन को लागि अत्तरिया उधोग बाणिज्य संघ को निर्बाचन सुरु भएको छ । अहिले ८ बजे देखि अत्तरिया दुर्गालक्ष्मी नमुना बिधालयको भबनमा मतदान सुरु भएको हो।
निर्बाचनले आगामी २ बर्ष को लागि नेतृत्व चयन गर्ने छ । संघ को अध्यक्ष को लागि कल्याण सिँ बोहरा, कबिराज भट्ट र मिना देउबा प्रतिस्पर्धा गर्दै छन् । देउबा र बोहरा प्यानल सहित चुनावी मैदानमा छन् ।
भट्टले भने अध्यक्ष मा मात्रै उम्मेदवारी दिएका छन् । संघ को महासचिबको लागि भने अर्जुन खड्का र शंकर खड्का चुनावी मैदानमा छन् । मतदान ४ बजे सम्म हुने निर्बाचन समितिले जनाएको छ ।
मतदान को लागि ३ वटा बुथ को ब्यबस्था गरिएको छ । संघका १५ सय ६३ मतदाता रहेका छन् । २०७१ सालमा स्थापना भएको संघको अघिल्लो अधिबेशन २०७५ मा भएको थियो ।