धनगढी २७ जेठ/धनगढीबाट प्रहरीले करिब १६ क्वीन्टल अवैध माछा बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–७ मनहेराबाट सुपप्र ०१००१ च ३४१९ नम्बरको जिपमा ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीले माछा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बेलौरी नगरपालिका–७ बस्ने २१ वर्षीय रामकुमार रानाले चलाएको जिपबाट अवैध माछा बरामद गरिएको जानकारी दिए ।
उनकाअनुसार चालकले ती माछा धनगढीबाटै खरिद गरेर ल्याएको दाबी गरेपनि पुष्टि हुने बिल भौचर नदेखिएपछि भारतबाट अवैध रुपमा ल्याएको आशंकामा बरामद गरिएको थियो ।बरामद गरिएका माछा जिल्ला प्रहरी कार्यालयले नष्ट गरेको छ भने जिप र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।
