धनगढी, १४ जेठ/कैलालीमा अनुचित लेनदेन (मिटर व्याज) पीडितलाई दुई सय ४४ जनाले उजुरी दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले दुई चरणमा सूचना जारी गर्दै मिटर व्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भए वमोजिम मिटर व्याज पीडितलाई निवेदन दिन अनुरोध गरेकोे थियो ।
यसअघि प्रशासनले बैशाख १७ गते देखि ३१ गते सम्म १५ दिन मिटर व्याज पीडितलाई निवेदन दिन अनुरोध गरेको थियो । पुनः कैलाली प्रशासनले बैशाख २९ गते पुन सुचना जारी गर्दै उजुरी माग गरेको थियो । प्रशासनले पीडितलाई आफूसंग भएका सबुत प्रमाण सहित कार्यालय परिसर भित्र स्थापना भएको अनुचित लेनदेन पीडित सहायता कक्षमा सम्पर्क राखी तोकिएको ढाचामा फारम भर्न अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिबराज जोशीले जानकारी दिए ।