धनगढी, २ जेठ/सुदूरपश्चिम प्रदेश सरकारले आगामी २०८०/०८१ को बजेट निर्माण पुर्व काठमाण्डौमा छलफल गरेको छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य, प्रतिनिधी सभा सदस्य र अर्थबिदहरु बिच छलफल गरिएको हो ।
काठमाण्डौको हार्दिक होटलमा सुदूरपश्चिम सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा सुदूरपश्चिमका अर्थिक मामिला मन्त्री नरेश शाही, भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य, प्रतिनिधी सभा सदस्य र अर्थबिदहरु संग सुझाव संकलन गरेको बताईएको छ । सुदूरपश्चिम प्रदेश सरकार बजेट निर्माणका लागि सबै पक्ष संग छलफल गरी सुझाव संकलन गरिरहेको छ ।