धनगढी २२ बैशाख/दुर्घटना न्युनिकरण गर्नका निम्ती धनगढीमा ट्राफिक प्रहरी सकृय रुपमा लागिपरेको छ । ट्राफिक प्रहरी कार्यालय कैलालीले गत फागुन देखि आजसम्म ७ सय ८ जना सवारी चालकहरुलाई सचेतनामूलक कक्षा दिईएको छ ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी साधन चलाउने र लेन अनुशासन पालना नगर्नैहरुलाई कक्षा दिईएको कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले बताए ।ट्राफिक प्रहरीले बेलाबखतमा सवारी चालकहरुलाई बाटोमा पनि सम्झाउने काम गरिरहेको प्रहरी निरीक्षक जोहारीले बताए ।
निर्माण कार्य भईरहेको, माटो थुप्रिएको ठाउँमा सडकको अवस्था हेरेर आफ्नो गतिलाई सिमित राख्ने र आफ्नो सवारी साधनलाई चनाखो भएर चलाउन र निर्माण कार्य भईरहेको अवस्थामा सडक दुर्घटना न्युनीकरण गर्नका लागि मुख्य सडकहरुमा आफुहरुले चेकिङहरु बढाएको बताए । अहिले धनगढीमा सडक चौडा बनाउने कार्य अन्तरगत ठाउँठाउँमा निर्माण कार्य चलिरहेको हुनाले दुर्घटना न्यनिकरण गर्नका लागि चेकिङमा कडाई गरिएको छ ।