काठमाडौं २२ बैशाख/संखुवासभामा शुक्रबार सिम्रिक एयरको एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।दुर्घटनामा परी दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । उनीहरू को हुन् भन्नेबारेमा थप विवरण आउन बाँकी रहेको डीएसपी गोदारले बताए ।
अपर अरुण जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेर गएको हेलिकोप्टर भोटखोला गाउँपालिका–४, सिब्रुङ आसपास दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त हेलिकोप्टर बिहीबार काठमाडौंबाट संखुवासभा गएर बसेको थियो । आज सामान ओसारपसार गर्ने क्रममा दिउँसो १ बजेदेखि हेलिकोप्टरको सम्पर्क टुटेको थियो ।