धनगढी, १७ बैशाख/ क्याम्पसको सडकमा जेब्रा क्रसिङ निर्माण गरेपछि बाटो काट्न मजा हुने भएको छ । कैलालीको धनगढी उप—महानगरपालिका वडा न।०५ स्थित ऐश्वर्य बहुमुखी क्याम्पसको सडक खण्डमा आज ९आइतबार० जेब्रा क्रसिङ निर्माण गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको समन्वय र स्वतन्त्र विद्यार्थी युनियन ऐश्वर्य बहुमुखी क्याम्पसको सहकार्यमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।
उप—महानगरपालिका वडा न।०५ स्थित ऐश्वर्य बहुमुखी क्याम्पसको सडक खण्डमा पैदल यात्रुलाई बाटो काट्न सहज होस भन्ने हेतुले जेब्रा क्रसिङ निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक वीरेन्द्र जोहारीले बताए । उक्त सडक खण्डको २ स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।