धनगढी १६ बैशाख/शनिबार साँझ काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको विमान नेपालगञ्जमा अवतरण गरिएको छ । धनगढीको आकाशमा पुगेर अवतरण गर्न केही मिनेट बाँकी रहेका बेला मौसममा एक्कासी खराबी देखिएपछि विमान फिर्ता भएको थियो ।
धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टकाअनुुसार विमान प्रतिकुल मौसमका कारण अवतरण गर्न नसक्ने जानकारी गराउदै आकाशबाटै फर्किएको थियो । अहिले उक्त विमानलाई नेपालगञ्ज विमानस्थलमा सुरक्षित अवरण गराइएको भट्टले बताए ।विमान काठमाडौँबाट ७ बजेर ३६ मिनेटमा धनगढीका लागि उडेको थियो ।
धनगढी आउनुपर्ने विमान प्रतिकुल मौसमका कारण नेपालगञ्जमा अवतरण गरेपछि यात्रुहरुले होटलमा बसाइको प्रबन्ध गर्नुपर्ने माग गरेपछि विमानस्थलमा विवाद भएको बताइएको छ । धनगढीबाट काठमाडौँबाट लागि उड्न टिकट काटेका यात्रुहरुको टिकट वापतको रकम भने बुद्ध एयरले फिर्ता गरेको छ ।