धनगढी, ९ बैशाख/धनगढीका विभिन्न स्थानबाट प्रहरीले घरेलु मदिरा (‘लोकल रक्सी’)बरामद गरि नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको कमाण्डमा शुक्रवार खटिएको ४६ जनाको प्रहरी टोलीले धनगढीका विभिन्न स्थानबाट घरेलु मदिरा बरामद गरि नष्ट गरेको जनाएको छ।
धनगढी उप–महानगरपालिका ७, ८ र १२ को बिभिन्न स्थानहरु बाट अबैध ५ हजार लिटर घरेलु मदिरा, १० हजार लिटर मदिरा बनाउने कच्चा पदार्थ, भाडावर्तन र १००० राजश्व शुल्क लिई कार्वाही गरिएको प्रहरी जनाएको छ।