बझाङ ६ बैशाख/सनराईज बैङ्कले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत जिल्ला अस्पताल बझाङलाई स्वचालित डिजिटल घडि हस्तान्तरण गरेको छ ।
वैङ्कले अस्पतालमा आउने विरामीलाई मिति समय तापक्रम लगाएतका कुरामा सहज जानकारी होस भन्ने उध्येस्यले घडी हस्तान्तरण गरेको सनराईज बैङक बझाङका प्रमुख नवराज मिश्रले वताउनुभयो ।
अस्पतालको भुईतलामा रहेको भित्तामा घडी जडान गरेर अस्पताल विकास समितिका अध्यक्ष सोनु सिह र निमित्त कार्यालय प्रमुख दिल वहादुर गुर्धामीलाई सॅयुक्त रुपमा सो घडि हस्तान्तरण गरिएको हो ।
घडि हस्तान्तरण कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष सोनु सिह , अस्पतालका ईमेरजेन्सी ईन्चार्ज जनक सिह ,वैङ्कका शाखा प्रमुख नवराज मिश्र सॅगै वैङ्कका कर्जा सहायक लक्ष्मण सिह, लगाएतको उपस्थिति रहेको थियो । घडि जडान पछी अस्पतालको तर्फवाट वैङ्कलाई धन्यवाद ज्ञापन गरिएको थियो । सनराईज वैङ्कले सामाजिक उत्तरदाईत्व कार्यक्रम अनुसार प्रत्येक वर्ष जिल्लाका विभिन्न ठाउमा रहेका सामाजिक सॅघ सॅस्थालाई विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको छ ।