धनगढी/नेपाल यातायात मजदुर संघ कैलालीको आयोजनामा चुरेको पर्यटकीय क्षेत्र हाटखोलीमा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । हाटखोलीमा कैलाली जिल्लामा यातायात क्षेत्रमा कार्यरत नेपाल यातायात मजदुर संघ कैलालीलेका आयोजनमा शुभकामना तथा वनभोज भव्य कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल यातायात मजदुर संघका कैलाली अध्यक्ष जंगबहादुर श्रीमालको अध्यक्षतमा भएको शुभकामना तथा वनभोज कार्यक्रममा नेपाल ट्रेड युनियन कैलालीका अध्यक्ष ज्ञानेन्द्र शाह, नेपाल यातायात मजदुर संघका केन्द्रीय उपाध्यक्ष शान्ति भट्ट, उप महासचिव सुरेन्द्र अवस्थी, खुल्ला केन्द्रीय सदस्य भोजराज भट्ट, नवीन रावल, खुल्ला महिला केन्द्रीय सदस्य कोपिला रानाभाट, केन्द्रीय मीनराज जोशी र डिलु बोहरा तथा प्रदेश अध्यक्ष केशव पन्त, प्रदेश सचिव गोविन्द शाह, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पुष्पराज जोशी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष तथा कैलारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बम, चुरे गाउँपालिकाका कांग्रेस नेता हेमबहादुर बिष्ट, मजदुर नेता अनन्त जोशी, व्यवसायी धर्म भट्ट, सन्तोष चटौत, मजदुर नेतृ सावित्री कार्की, शान्ति गौतम, मिनबहादुर कुँवर, जयन्द्र स्वाँर, दमन सिंह लगायतका मजुदर नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै ट्रेड युनियनका जिल्ला अध्यक्ष ज्ञानेन्द्र शाहले यस्तो कार्यक्रमले सम्पूर्ण यातायात व्यवसायीलाई एक ठाउँमा उभ्याएर संगठनात्मक रुपमा व्यवसायीक हकहितका लागि लड्न उत्प्रेरणा दिएको बताए । यस्तै कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष शान्ति भट्टले यस्तो कार्यक्रमले आपसी समझदारी बढाउँदै व्यवसायीक हक हितका लागि लड्न सहयोग पुग्ने बताएकी थिइन् ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य नवीन रावलले आगामी दिनमा यस्ता कार्यक्रम हुनु पर्नेमा जोड दिँदै सम्पूर्ण व्यवसायीक मजदुरहरुलाई एकताको सूत्रमा बाँध्नका लागि यस्तो कार्यक्रम कैलालीमा मात्रै नभएर सुदूर पश्चिमका ९ वटै जिल्लामा गर्नु पर्ने र त्यसका लागि आफूहरुले सहयोग गर्ने बताए । कार्यक्रममा तरुण दलका जिल्ला अध्यक्ष दिपेन्द्र बमले शुभकामना व्यक्त गर्दै भने,‘सबै शुभेच्छुक संघ संगठनहरु मिलेर अगाडि बढे पार्टी र संगठनलाई लाभ हुने निश्चित छ । त्यसका लागि हामी सबै लाग्नेछौँ ।’ कार्यक्रममा जिल्ला अध्यक्ष जंगबहादुर श्रीमालले कैलालीमा आवद्ध सबै श्रमिकको हक हितका लागि आफू लागि पर्ने बताउँदै भने,‘हामी सुदूरपश्चिमका ९ वटै जिल्लामा प्रदेश र केन्द्रको सहकार्यमा कैलालीको जस्तै बलियो संघ बनाउन लागि पर्ने छौँ ।’