मसुरिया १७ चैत/ सहकारीको दिगोपना,स्वनियमन र सुशासन भन्ने मुल नाराका साथ ६६औं राष्ट्रिय सहकारी दिवस शुक्रवार गौरीगंगाको चौमाला मनाइएको छ । जिल्ला सहकारी संघ कैलालीको आयोजनामा गोप्का चोक देखि चौमाला बजारसम रयाली निकालिएको थियो । प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कडेलले गौरीगंगाको समग्र क्षेत्रमा बेरोजगारीलाई रोजगार बनाउन स्थानीय सरकारसँग सहकार्य र योजना तर्जुमा गरि सहकारी संस्थाले वार्षिक कार्यक्रम बनाइ नगरपालिकामा दर्ता गर्न आग्रह गरे ।
गौरीगंगा नगरपालिका वडा न ५ का वडा अध्यक्ष विष्णु भाटले सहकारीसँग जोडिएको महिलाले नेतृत्वको विकासको कारणले महिलाहरुको शसक्तिकरणले सहकारी संस्था सफल र ठूलो भूमिका रहेको बताए । जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गौरीगंगा नगरपालिका निमित्त प्रशाकीय प्रमुख हरिस पन्त रहेका थिए ।
कार्यक्रममा गौरीगंगा सहकारी समन्वय समिति संयोजक हेमन्त राज जोशी,मनुस्मृती बिद्युत सहकारी संस्थाका अध्यक्ष खगेन्द्र राज जोशी,समाज विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष खेमानन्द पौडेल र राधाकृष्ण बचत तथा ऋण सहकारी सस्थाका चन्द्र सापकोटा लगाएतले बिचार राखेका थिए ।