धनगढी, १३ चैत/धनगढी उप–महानगरपालिकाको १८ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ। सोमबार विद्यालय ब्यबस्थापन समितिमा सिफारिसको बिषयलाई लिएर वडा कार्यालयमा तालाबन्दी गरिएको हो।
धनगढी उपमहानगरपालिकाको फागुन ३० गतेको वोर्ड बैठकले स्थानिय खप्तडी आधारभूत बिद्यालय ब्यबस्थापन समितिमा दुई जना सिफारिस गरेको थियो। उप–महानगरपालिकाले सुवास बस्नेत र सामैला विकलाई सो बिद्यालयका लागि सिफारिस गरेको भएपनि वडा कार्यालयले सुवास बस्नेतलाई स्थानिय चन्द्रोदय माध्यामिक बिद्यालयमा पठाएपछि त्यसको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
उपमहानगरपालिको निर्णय वडा कार्यालयले नमानेको भन्दै बस्नेतका समर्थकसहित स्थानियहरुले तालाबन्दी गरेको बताइएको छ।