धनगढी, ५ चैत/हिमालयन गौरीशंकर डेन्टल धनगढीले विश्व मुख स्वास्थ्य दिवसको अबसरमा निशुल्क स्वास्थ सेवा तथा परामर्श दिने भएको छ । डेन्टल क्लिनिकले चैत ६ गते सोमबार विश्व मुख स्वास्थ्य दिवस मनाउने क्रममा निशुल्क परिक्षण तथा परामर्श सेवा दिने सञ्चालक रतन एसके जनाएका छन् ।
क्लिनिकका अनुसार विश्व मुख स्वास्थ्य दिवसको अबसरमा समाजिक उत्तरदाईत्व बहन गर्दै मुखभित्र हुने रोगका बारेमा जनचेतना फैलाउन निशुल्क परिक्षण तथा परामर्श सेवा उपलब्ध गराउने भएको छ । सोमबार दिनभर दन्तसेवा सम्बन्धि निशुल्क परिक्षण तथा परामर्श दिइने छ ।
क्लिनिकले विडिएस गरेका दन्त चिकित्सक विडीएस डा.सुवन कार्की , एमडीएस डा. मनोज खड्का , एमडिएस डा. बीजय कार्की , बिडीएस डा. सुस्मिता महरा सहित १४ जना अन्य स्वास्थ्यकर्मीहरुको सहयोगले दन्त सेवा भईरहेको क्लिनिक सन्चालक एसके ले बताए ।
क्लिनिकमा दाँतको छुट्टै एक्सरेको सुविधा, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, गिजाभित्र रहेको बुद्धिबंगारा निकाल्ने र गिंजाको अप्रेसन गर्ने गरेको छ ।थप अनुहारमा लागेका चोटपटका साथै हड्डी भाँचिएको उपचार मुखभित्र आउने घाउ खटीरा सिष्ट ट्यूमर आदीको उपचार भईरहेको सञ्चालक एसके ले बताए ।