जमुना न्युरे
सुखड १४ फागुन/कैलालीको भजनी नगरपालिका वडा नं ७ लालबोझीमा रहेको पुरैना ताल मिचेर खेती सुरु भएको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अतिक्रमण भएपछि तालको अस्तित्वनै संकटमा परेको छ । ताल क्षेत्रमा मानवबस्ती संगैै खेती योग्य जमिन परिणत भएको छ ।पुरैना ताल पानी भयको कोर क्षेत्र (भित्री भाग) ७९.२१ हेक्टर फैलिएको भए पनि यसको क्षेत्र धेरै ठूलो भयको स्थानीयले जानकार रतन रेग्मीले बताए ।
मोहना नदिमा २०६५ सालमा आयको बाढिले थोरै ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो त्यो पछि पुन २०६८÷२०७२ र २०७५ सालमा आयको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो । अहिले ताल रहेको स्थानमा स्थानीयले आफ्नो मनोमानी रुपमा खेती गर्दै आएका छन् । बिगौहा हिसाबले एकै ब्यक्तिले २० बिगाहा सम्म गहु खेती गरेका छन् । तालमा जैविक विविधता तथा चराचुरुङ्गीका लागि निकै महत्वपूर्ण रहेको छ जहाँ बसन्ता जैविक मार्गमा पर्ने ताल जहाँ भारतिय दुधुवा नेसनल पार्क, कतरिनिया (वल्र्ड लाइफ सेन्चुरी) बाट जंगलीबाट स्थल प्राणी, जलचर प्राणीले ओहोरदोहोर गर्ने गर्दछन् ।
वर्षो देखि ओझेलमा परेको पुरैनाको विषयमा सयौ बिघामा फैलिएको उक्त तालमा दुर्लभ र संरक्षित पंक्षि सारस, वसाई सरी आउने चरा, अस्थाई प्रवासमा जाडो छल्न आउने चरा, आगन्तुक पाहुना चराको प्राकृतिक सुरक्षित वासस्थान र प्राकृतिक आहारा चरन क्षेत्र हो । चराको लागि मात्र नभएर यो पुरैना ताल पानी उद, सालक, घडियाल, कछुवा जस्ता दुर्लभ वन्यजन्तुको प्राकृतिक आश्रय स्थल पनि हो । यो पुरैना तालको भुपरिधिय स्तरमा संरक्षण भएमा नेपाल भारत दुवै देशको वन्यजन्तुहरुको दिगो मौलिक अनुवांशिक अस्तित्व कायम हुन गई वंश वृद्धि भई प्राकृतिक संन्तुलित कायम हुने संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।
ताल अतिक्रमण हटाउनका लागि केही महिना अगाडि स्थलगत अनुगमन जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा नेतृत्वमा स्थलगत अनुगमन गरियको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कैलाली प्रमुख रमेश डाँगा, डिभीजन वन कार्यालय पहलमानपुर प्रमुख गोकुल रिजाल, संरक्षणकर्मी विजय श्रेष्ठ, हिरुलाल डगौरा र सामुदायिक वन उपभोक्ता समिति खुमबहादुर खड्का, स्थानीय वीरबहादुर हमाल र सुरक्षाकर्मी सहितको टोलीद्वारा स्थलगत अनुगमन निरीक्षण गर्नुका साथै अतिक्रमण हटाउने रणनीति बनाएको छ । केही महिना देखि निरन्तर रुपमा पुरैना तालको सिमा रेखाङक तथा निर्धारण गर्न आफुहरु लागि परेको डिभिजन बन कार्यलय पहलानपुरका प्रमुख गोकुल रिलाजले बताए ।
यसरी स्थानीय स्तर बाट पटक पटक अतिक्रमण हटाउन खोज्दा स्थानीय अतिक्रमणकारी हरुले मोहना नदिले धार फेरिय सङ्गै आफ्नो जमिन पनि बगर भयको कारण आफुहरुले ताल क्षेत्रमा खेती गर्न नछाड्ने बताए छेदु डगौरा । अतिक्रमण हटाउनका लागि सम्बन्धि ब्यक्तिहरुलाई पटक पटक पत्राचार गरियको स्वतः स्फुर्त रुपमा उनीहरुले जग्गा नछाड्ने भएपछि बल प्रयोग गरी, प्राबिधिक टिम सहित अतिक्रमित जग्गा वन कार्यलयले भोगा अधिकार लिने सब डिभिजन बन कार्यलय भजनी प्रमुख नितेश राज भट्टराईले जानकारी दिए ।