धनगढी १९ माघ/कैलालीको निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई धनगढी ल्याइएको छ। बाँकेको चिसापानीबाट पक्राउ परेका सांसद चौधरीलाई विमानमार्फत धनगढी ल्याइएको हो।
श्री यअरलाइन्सको बिहीवार बेलुकीको उडानबाट चौधरीलाई काठमाडौबाट धनगढी ल्याइएको प्रहरीले बाएको छ। नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। उनलाई शुक्रवार कैलाली जिल्ला अदालतमा बुझाइने छ। उनलाई बिहीवारनै कोहलपुरबाट काठमाडौ लगिएको थियो। सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै उनलाई स्थल यातायातबाट नभइ हवाई माध्यमबाट धनगढी ल्याइएको हो। ‘म हाम्रो मानानिय अरूण सगै छु’ अध्यक्ष श्रेष्ठले फेसबुकमा संगैको तस्बिर सहित पोष्ट गरेकी छन्–‘अहिले हामी जिप्रका धनगढीमा छौ ।’
सांसद चौधरी पक्राउ परेको विरोधमा बेलुकी कैलालीको बौनियामा नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका थिए। सांसद पक्राउ परेको विरोधमा शुक्रवारबाट सशक्त आन्दोलन गरिने नागरिक उन्मुक्ति पार्टीले जनाएको छ। २४ घण्टामा पक्राउ परेका सांसद चौधरीलाई रिहा गर्न अल्टिमेटम दिइएको छ।