गणेश मौनी
डोटी १६ माघ/सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा तालिमरत प्रहरी सहायक निरिक्षक दल बहादुर साउदँलाई थप उपचारका लागि नेपाली सेनाको हेलीकप्टर मार्फत नेपालगञ्ज रिफर गरिएको छ ।
प्रहरी चौकी गाजरी बैतडीमा दरबन्दी रहेका साउदँलाई आज बिहान ब्लड प्रेसर हाई हुदाँ थप उपचारको लागि जिल्ला अस्पताल पठाएका थियौ त्यहाँ उपचार सम्भव नहुदाँ थप उपचारका लागि बाहिर पठाईएको सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रवत्ता एवं प्रहरी नायब उपरिक्षक सागर बोहराले बताए । प्रदेश प्रहरी कार्यालय मार्फत माथिल्लो तहमा समन्वय गरि नेपाली सेनाको हेलीकप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज भेरी प्रादेशीक अस्पतालमा पठाईएको समेत प्रवत्ता बोहराले बताए ।
प्रहरी सहायक निरिक्षक साउदँलाइ हृदयघात भएको हुदाँ डोटीमा उपचार सम्भव नभएकोले आधारभुत उपचार पश्चात थप उपचारको लागि बाहीर रिफर गरिएको जिल्ला अस्पताल डोटीका एम बिबिएस डाक्टर प्रकाश ठकुल्लाले बताए । साउदँको स्थायी घर मेल्लेग गाउँपालिका अछाम रहेको छ ।