धनगढी, २३ पुस/दार्चुलामा भारतको जंगलबाट खर काटेर फर्कने क्रममा महाकालीमा तर्ने क्रममा तुईनबाट खसेर मृत्यु भएको छ । ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
पुस २१ गते बालक तुईनबाट खसेपनि प्रहरीलाई २३ गते मात्रै खबर प्राप्त गरेको छ । ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भएपनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए ।
बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् । बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा तुइनबाट खसेर बेपत्ता भएका थिए । प्रहरी निरीक्षक मगरले भने, ‘बिहीबार दिउँसोतिरको घटना हो । तर हामीले पनि आजमात्रै जानकारीमा आएको छ ।’ बेपत्ता भएको जानकारीपछि बच्चाको खोजतलासमा भनेर प्रहरीलाई खटाईसकेका छौ।’ घटनास्थल जिल्ला सदरमुकामबाट धेरै टाढा छ ।
उनले आजै प्रहरीले पीडित परिवारलाई पनि भेटे भएपनि बालकको खोजीमा अहिले लोकल युनिटमात्रै खटिएको र भोलि जिल्लाबाट थप प्रहरी पठाइने उनको भनाइ छ । त्यहाँका स्थानीयहरु घाँस र खर काट्न भारततिर जाने चलन छ । सय मिटर माथि झुलुङ्गे पुल भएपनि सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्छन् । त्यहीँबाट बालक खसेका हुन् । बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
