काठमाडौं । सहिद स्मारक ए डिभिजन क्लब संकटाले ६ खेलाडी अनुबन्ध गरेको छ । संकटाले मंगलबार राष्ट्रिय टिमका सुनिल बल र आयुष घलानसहित ६ खेलाडी अनुबन्ध गरिएको जनाएको छ ।
मिडफिल्डर सुनिल र विंगर आयुषसँगै संकटाले डिफेन्डर गौतम श्रेष्ठ, निशान खड्का, मिडफिल्डर सुरज जिउ ठकुरी र गोलकिपर टिकेन्द्र थापालाई अनुबन्ध गरेको हो । आसन्न सहिद स्मारक ए डिभिजन लिग अघि संकटाले ६ खेलाडी अनुबन्ध गरेको हो ।
यस्तै संकटाले पोखरामा आयोजना हुने आहा रारा पोखरा गोल्डकप खेल्दैछ । आहा रारा पोखरा गोल्डकप पुस १४ गतेबाट सुरु हुनेछ ।