धनगढी, ११ पुस/कैलालीको धनगढीबाट एक हजारका एक सय ४२ थान नेपाली नक्कली नोट र बाघको हड्डी प्रहरीले पाँच जना पक्राउ गरेका छ । धनगढी १३ राजपुरको एसएस होटल बसेका ३ जना र अन्य २ जनाको साथबाट प्रहरीले १ लाख ४२ हजार नक्कली नोट, ५ किलो ५३० ग्राम बाघको हड्डीहरु पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उक्त होटलमा कोठा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका – ६ बस्ने ३३ बर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका – १० बस्ने ३० बर्षीय करन सिंह धामी र डोटीकै बडिकेदार गाउँपालिका – १ बस्ने ५० बर्षीय मोहन सिंह बोहरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त घटनाको अनुसन्धान गर्दै जादाँ धनगढीमै कोठा भाडामा लिई बस्ने डोटीको शिखर नगरपालिका – १० बस्ने १९ बर्षीय टेकेन्द्र धामी पक्राउ परेका छन् ।
प्रहरीले यसअघि पुष ९ गते धनगढी उप–महानगरपालिका – ४ बसपार्क स्थित साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार गरिरहेको अवस्थामा कैलालीको चुरे गाउँपालिका – ६ बस्ने ५५ बर्षीय लाल बहादुर साउँदलाई पक्राउ गरेको थियो ।
साउँद माथी खानतलासी गर्ने क्रममा प्रहरीले हजार दरका थान ४ नक्कली नोट फेला पारेको थियो । सो घटना पछि प्रहरीले उनीसंग जोडिएकाहरुको खोजी गर्ने क्रममा थप ४ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । उनीहरुको थाप अनुसन्धान भैरहेको प्रहरी प्रबक्ता जोशीले जानकारी दिए ।