धनगढी, १० पुस/कैलालीमा श्रीमान्को बञ्चरो प्रहारबाट घाईते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको छ । टीकापुर १ गणेशपुर शिबिर बस्ने ६० वर्षीय भागिरथ जैशीले आफ्नी श्रीमती ५९ वर्षीया मुगादेबी जैशीको हत्या आरोपमा पक्राउ परेका छन् । भागिरथ जैशीलाई श्रीमातीको हत्यको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
मंसिर २६ गते राति बजेको भागिरथले श्रीमतीमाथि बञ्चरोले टाउकोमा प्रहार गरी आफ्नी श्रीमती मुगादेवीलाई घाईते बनाएका थिए । उनले बञ्चरोले टाउकोमा प्रहार गरेपछि घाईते भएकी मुगादेवीलाई उपचारको लागि आफन्तहरुले टीकापुर अस्पतालमा लगिएको थियो । सामान्य उपचारपश्चात थप उपचारको लागि कोहलपुर बाँके रेफर गरिएको थियो ।
उपचारकै क्रममा रहेकी उनलाई बिहीबार बेलुका घर लैजान्छौ भनेर माईती पक्षका कैलालीको मोहन्याल ७ ज्यामीरेमा फिर्ता लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव निरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले बताए । घाईते मुगादेवीलाई घर ल्याएपछि उनको शुक्रवार माईती घरमै मृत्यु भएको प्रहरीले बताएको छ ।
मृतकका श्रीमान भागिरथलाई पक्राउ गरेर हिरासत कक्षमा राखि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतकको शव भने पोष्टमार्टम पश्चात मृतकका छोरा पवन प्रसाद जैशीले बुझेर लगेका थिए ।