धनगढी। नेपाल जेसीजले प्रदान गर्ने “राष्ट्रका उत्कृष्ट युवा सम्मान”बाट धनगढी जेसीजको सिफारिसमा डा मेराज आलम अन्सारी सम्मानित भएका छन् । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बाफत धनगढीका डा मेराज आलम अन्सारी सम्मानित भएका हुन् ।
नेपाल जेसीजले प्रत्येक वर्ष राष्ट्रिय महाधिवेशनमा विभिन्न १० बिधामा उल्लेखनीय योगदान गरे बाफत “राष्ट्रका उत्कृष्ट युवा सम्मान” पुरस्कार प्रदान गर्ने गरेको छ । यस वर्ष पौष ७ देखि १० गते सम्म विरगन्ज जेसीजको आतिथ्यतामा हुने नेपाल जेसीजको ४९ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा धनगढी जेसीजको सिफारिसमा डा। मेराज आलम अन्सारी लाई सम्मानित गरिएको धनगढी जेसीज वर्ष २०२२ का महासचिव जेसी जनार्दन बम्मले जानकारी दिए ।
उद्घाटन सत्रमा डाअन्सारी सहित १० जना लाई नेपाल जेसीज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारी र प्रमुख अतिथी मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सम्मानित गरेका थिए ।