धनगढी, ५ मंसिर/धनगढीको भारतीय सिमाबर्ती गाँउ जुगेडमा गोलीकाण्ड घटनामा संलग्नको आशंकमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अज्ञात समुहले धनगढीको जुगेडामा मंगलबार बिहान ३ बजेतिर गोली चलाएको थियो । प्रहरीले पक्राउ परेको व्यक्तीको नाम सार्बजनिक गरेको छैन । अनुसन्धनका क्रममा प्रभावित हुनेभएकोले नाम सार्बजनिक नगरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको टोलीले स्थानीय प्रजापती विष्टको घरमा चोरी गर्न गएका बेला दुई राउण्ड गोली चलेको घटनाको अनुसन्धानका लागि सोही स्थानका एक स्थानीयलाई पक्राउ गरेको हो । उनी घटनामा संलग्न रहेको आशंका प्रहरीले गरेको छ । पक्राउ परेका व्यक्ती माथि अनुसन्धान भइरहेकाले उनको परिचय गोप्य राखिएको छ । स्थानीयको घरबाट चोरहरूले अटो रिक्साका चार व्याट्री चोरेर लगेका छन् । विष्टमाथि गोली प्रहार गरेपछि स्थानीयले होहल्ला गर्दा डाँकाहरूको समूहलाई लखेट्दा उनीहरुले गोली प्रहार गरेका थिए ।
मंगलबार बिहान नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका–९ को जुगेडामा गोली चलेको थियो । स्थानीय प्रजापती विष्टको घरमा अटो रिक्साको ब्याट्री चोर्न प्रवेश गरेका ३–४ जना अज्ञात व्यक्तिको समूहले गोली चलाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
