धनगढी मंसिर/१९; सशस्त्र प्रहरीले भारतबाट अबैधरुपमा नेपाल ल्याईदै गरेको बिभिन्न प्रकारका अबैध समानहरु बरामत गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणबाट अटिएको टोलीले चिनी लगायत लत्ता कपडा बरामत गरेको हो ।
प्रहरीले सो अबैध समान धनगढी उपमहानगरपालिका ७ बुद्धचोक र वडा नम्बर १३को राजपुरबाट अबैध समानहरु नियन्त्रणमा लिएको थियो । बरामत गरिएका दुई लाख १८ हजार आठ सय ८८ रकम बराबरको,
अबैध समान भन्सार एैन २०६४ बमोजिम कारवाहीका लागि कैलाली भन्सार कार्यलयमा बुझएको सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिएका छन् ।