धनगढी, १५ मंसिर/बाजुराको जारी मतगणनामा नेपाली कांग्रेसका बद्री पाण्डेले झिनो मतान्तरले अग्रता कायम राखेका छन् । ७५८ मत गणना हुँदा पाण्डेले ३७७ मत ल्याएका छन् ।
उनलाई पछ्याइरहेका एमालेका कर्ण थापाले ३७१ मत ल्याएका छन् ।पाण्डे ६ मतले मात्र अगाडि छन् । विवादका कारण रोकिएको मत गणना आज अपराह्नबाट सुरु भएको हो ।