काठमाडौँ, ८ मंसिर । विश्वकप फुटबलमा क्यामरुनविरुद्ध स्विट्जरल्यान्डले अग्रता लिएको छ। दोस्रो हाफको सुरुमै गोल गर्दै स्विट्जरल्यान्डले १–० को अग्रता लिएको हो।
खेलको ४८ औँ मिनेटमा ब्रिल इम्बोलेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन्। उनले क्यामरुनका विपक्षीलाई बिट गर्दै सहज गोल गरेका थिए।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमा नै स्विट्जरल्यान्डले गोल गरेको हो।