धनगढी, ७ मंसिर । कैलाली क्षेत्र नं ४ को स्थगित भएको मतगणना सुरु भएको छ। प्रतिनिधि सभाको मत गणनाका क्रममा एक मत अर्धकट्टीसहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका थिए ।
अर्धकट्टीसहित भेटिएको सो मत बदर गरि फेरी मतगणना सुरु गर्ने सहमति भएपछि रोकिएको मतगणना सुरु भएको निर्वाचन अधिकृत ईन्द्रबहादुर कठायतले बताए।