धनगढी, ५ मंसिर । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रतालाई कायम राखेको छ।
२००७ मतगणना गर्दा रञ्जिता श्रेष्ठ चौधरी (नागरिक उन्मुक्ति) ९२५मतसहित अग्र स्थानमा छिन्। रञ्जितालाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका रामजनम चौधरीले ५५८ मतसहित पछ्याइरहेका छन्।
यस्तै एमालेका तपेन्द्र रावलले २०२ मत पाएका छन्।