धनगढी,५ मंसिर । कैलाली–१ को प्रारम्भिक मतगणनामा नागरिक उन्मुक्ति पार्टी अगाडि देखिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले १०९ मतले अग्रता बढाएकी हुन् ।
श्रेष्ठले २ हजार ६९ मत पाउँदा सत्ता गठबन्धनकाउम्मेदवार राम जनम चौधरीले १६० मत ल्याएका छन् ।यस्तै नेकपा एमालेका उम्मेदवार तपेन्द्रबहादुर रावलले ८४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टंकप्रसाद जैशी (ढुंगाना)ले ११ मत पाएका छन् ।
कैलाली–१ को मतगणना इलाका प्रशासन कार्यालय टीकापुरको भवनमा मत गणना भइरहेको छ ।