धनगढी, ५ मंसिर । बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ। नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेपछि तनाव बढेको हो।
बाजुरा प्रहरीले सदरमुकामको बजारक्षेत्र बन्द गरेर एमाले निकट विद्यार्थी नेताहरुले बजारका गल्लीहरूमा टायर बालिरहेका छन्। उनीहरुले योजनावद्ध आन्दोलन गरेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको हो। बाजुरामा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियुले आन्दोलन गरेको हो। बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ।
आइतबार त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन अयडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको छ। अयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा पुगाउने बित्तिकै अयडीको मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए। यस्तै नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई नै लिएर सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो।