धनगढी, ४ मंसिर । बझाङमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका छन्। फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ।
स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको मतदान अहिले सुचारु भएको छ।