दार्चुला, ४ मंसिर । चुनाव विरोधी गतिविधि गरिरहेका दुईजनालाई दार्चुलाबाट पक्राउ गरिएको छ । विप्लव नेतृत्वको नेकपाका दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
नेकपाको युवा संगठनका केन्द्रिय सदस्य जीवन बिष्ट र नेकपाका जिल्ला सदस्य सुरेन्द्र बिष्टलाई लेकम गाउँपालिका १ स्थित बडिपुर मावि सर्मोली मतदान केन्द्रबाट पक्राउ गरिएको उनले बताए ।उनीहरुलाई रातामाटा प्रहरीचौकीमा राखिएको र अनुसन्धान भइरहेको प्रवक्ता शाहीले बताए ।