धनगढी, २९ कार्तिक । निर्वाचनलाई ध्यानमा राखेर भारतसंग जोडिएका सुदूरपश्चिम प्रदेशका सिमा नाका नाकाहरु तीन दिन बन्द हुने भएका छन् । प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि मंसिर १ गते राती १२ बजे देखी सीमा नाका तीन दिन बन्द जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गरेर मंसिर १ गते राती १२ बजे देखि मंसिर ४ गते राती १२ बजे सम्म सीमानाका बन्द हुने सुचना अधिकारी शिबराज जोशीले बताए ।
अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । सुदूरपश्चिम प्रदेश संग कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला गरी पाँच जिल्ला भारत संग सिमा नाका जोडिएका छन् ।
सुदूरपश्चिमको कैलालीको गौरीफन्टा र खक्रौला, कञ्चनपुरको बेलौरी, गड्डाचौकी र ब्रहमदेव, डडेधुराको पर्शराम, बैतडीको झुलाघाट, पञ्चेश्वर र शिवनाथ, दार्चुलाको खलंगा लगाएतका सिमा नाका जोडिएका छन् । पाँचै जिल्लाको प्रशासनका अधिकारीहरुले सिमा संग जोडिएका भातिय पक्ष संग सहकार्यका लागि सम्बाद भैसकेको बताईएको छ ।
