धनगढी २८ कार्तिक । कैलालीको टिकापुरमा रहेको नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय तोडफोड गरिएको छ । (हिजो) आइतबार राती पार्टी कार्यालयमा अज्ञात समूहले ढुंगामुढा प्रहार गरी तोडफोड गरिएको हो ।
राती साढे १२ देखि १ बजेको बिचमा अज्ञात समूहले ढुंगामुढा प्रहार गरी तोडफोड गरीएको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए । उनले भने मोटरसाइकलमा १५ देखि २० जनाको समुहले तोडफोड आएर गरेको पण्डितले बताए ।
सो समूहले गेट प्रवेश गरी कार्यालयमा ढुंगामुढा प्रहार गरेका हुन् । पार्टीकी केन्द्रीय अध्यक्ष रन्जीता चौधरी पनि पार्टी कार्यालयमै बस्नु भएको बताईएको छ ।
