धनगढी, २८ कार्तिक/कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेश सभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका साझा उम्मेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ ।
आईतबार घरदैलोका क्रममा वडा नम्बर ५ को भगड्डीम गाउँमा रोकी राखेको गाडी माथी तोडफोड भएको बताईएको छ । तोडफोडबाट से १ च १५९० नम्बरको गाडीको पछाडि भागको सिसा फुटेको छ ।
आईतबार राति ८ बजे चुनावी प्रचारमा गाउँ घरमा गएकाको बेला रोकी राखेको गाडीमा पहिचन हुन सकेको छैन । गाडी तोडफोड गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
