डडेल्धुरा, २६ कात्तिक । डडेलधुरामा एउटा चितुवा मृत भेटिएको छ । शनिबार अजयमेरु गाउँपालिका–६ मा चितुवा मृत भेटिएको हो । स्थानीय हेमन्त पन्तका अनुसार देवल माविनजिक गाल जाने बाटोमा चितुवा मरेको भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले प्रहरी टोली घटनास्थलमा खटाइएको र वन कार्यालयको टोली पनि त्यसतर्फ गएको जानकारी दिए ।डिभिजन वन कार्यालय डडेलधुराका प्रमुख रामविचारी ठाकुरले वन कार्यालयको टोली देवलका लागि हिँडिसकेको जानकारी दिए ।
