धनगढी, २२ कात्तिक । कैलालीमा सशस्त्र प्रहरी बलले भारतबाट भन्सार छलेर ल्याएका १ लाख १३ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले आज कैलालीको गोदावरी नगरपालिका–४ तेघरीको ईलाकाबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको बेवारिसे अवस्थामा लेडिज सेन्डिल, चिनी, बिडी, चकलेट र पानपरागसहित १ लाख १३ हजार ८० रुपैया बराबरको सामान बरामद गरेको ३४ गण हेडक्वाटरका ३४ नम्बर गणका प्रमुख प्रहरी उपरिक्षक धनबहादुर सिहले बताए ।
भारतबाट भन्सार छली ल्याएका बेवारिसे अवस्थामा सामान सहित आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएकोे प्रमुख सिंहले बताए ।