धनगढी, १८ कात्तिक । कैलालीका विभिन्न जिल्लाका इलाकाबाट अवैधरुपमा भन्सार छलेर ल्याएका तीन लाख बढीको अबैध सामान सशस्त्र प्रहरी बलले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं.३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले आज बेवारिसे अवस्थामा किरानाका सामान, मोवाईलका चार्जर, साईकलका टायर, चिनीसहित बरामद गरेको ३४ गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए ।
भारतबाट भन्सार छली ल्याएका बेवारिसे अवस्थामा सामान सहित तीन लाख चार हजार दुई सय बराबरको रकम कैलाली भन्सार कार्यालय त्रिनगर बुझाएको प्रमुख सिंहले बताए ।
