धनगढी, १२ कार्तिक । डोटीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किएदा एक युवक घाइते भएका छन । शनिबार शान्तिनगरतिर जाँदै गरेको से १ ज ८१० नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको सुप्रप ०१००८ प८८५१ नम्बरको मोटरसाइकल दीपायल सिलगढी नगरपालिका वडा नम्बर ६ थाप्ला मोडमा आपसमा ठोक्किएका हुन्।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार घाइते हुनेमा गोदावरी नगरपालिका ११ कैलालीका २४ वर्षीय मोटरसाइकल चालक लोकेन्द्र धामी रहेका छन्। घाइते धामीको दुवै खुट्टामा चोट लागेको छ। उनलाई उपचारको लागि धनगढी ल्याइएको छ।