धनगढी, ९ कार्तिक । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ९ शिखरझालाको मगर टोलमा देउसी खेल्दा सामूहिक झडप भएको हो।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक लक्ष्मणबहादुर शाहीका अनुसार देउसी खोल्नेक्रममा विवाद हुँदा दुई समूह बिच झडप भएको छ। एक समूहले अर्को समूहका युवालाई घर–घरमा गएर कुटपिट गरेका शाहीले बताए। शिखरझालाका १८/१८ वर्षिय डम्बर विष्ट र रमेश भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य तीन जना फरार छन्। पक्राउ परेका युवाका अनुसार पाँच जना युवाले कुटपिट गरेका डिएसपी शाहीले बताए। उनीहरुको खोजीकार्य भइरहेको छ।
कुटपिटबाट ५८ वर्षिय भक्तबहादुर धर्तीमगर, ५२ वर्षिय हिरादेवी धर्तीमगर र २० वर्षिय जगत देउवा घाइते भएका छन्। उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालयले मुद्दा दर्ताको प्रक्रियामा रहेको बताएको छ।