धनगढी,७ कात्तिक । कैलालीमा थ्रेसरमा धान हाल्ने क्रममा कपडा बेरिएर महिलाको मृत्यु भएको छ ।जिल्लाको कैलारी गाउँपालिका ३ भर्रीटोल बस्ने ४५ वर्षीय बिना चौधरीको थ्रेसरमा बेरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले आफ्नै घर नजिकै खेतमा धान थ्रेसरमा बेरिएर मृत्यु भएको बताए ।उनका अनुसार चौधरीको टाउकोमा बाँधेको पटुकी थ्रेसरमा फसेर बेरिएपछि मृत्यु भएको हो ।