धनगढी, २८ असोज । धनगढीमा लागुऔषधसहित एक युवती पक्राउ परेका छिन्। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ बस्ने वर्ष ३२ की उषा कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार धनगढी–२ त्रिनगर ब्यारेलबाट पक्राउ परेकी उनको साथबाट ४ ग्राम ८०० मिलीग्राम ब्राउन सुगर फेला परेको छ। पक्राउ परेकी कुँवरमाथि थप अनुसन्धान भइरहेको उनले बताए।