धनगढी, २८ असोज । नेकपा एमाले सुदूरपश्चिमले बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ। प्रतिनिधि र प्रदेशसभा सदस्यमा बागी उम्मेदवारी दिएका पाँच जनालाई पार्टीले निष्कासन गरेको हो। प्रदेश सचिव धर्मराज पाठकका अनुसार प्रतिनिधिसभा सदस्यका २ र प्रदेशसभा सदस्यका तीन जना उम्मेदवारलाई कारबाही गरिएको छ।
एमालेले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पार्टीको विभिन्न जिम्मेवारीमा रहेका ५ जनालाई पार्टीको विधानको धारा ८० को ६ बमोजिमको गम्भिर प्रकृतिको अनुशासन उल्लंघन गरेकोले पार्टी बिधान तथा पार्टी केन्द्रको यस अघिको नीतिगत निर्णय अनुसार निजहरुलाई पार्टी सदस्य समेत नरहने गरि सम्बन्धित कमिटीबाट कारबाही भएको ब्यहोरा जानकारी गराउँदछु।’
प्रदेशसभा सदस्यका लागि कञ्चनपुरको क्षेत्र नम्बर १ को १ बाट उम्मेदवारी दिएका भक्तबहादुर अधिकारी, क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदवारी दिएका खेम सुवेदी, क्षेत्र नम्बर २ को १ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका टेकबहादुर हमाल, जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्यका लागि उम्मेदराी दिएका टेकबहादुर साउँद र कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि बागी उम्मेदरी दिएका विजय संह मयाललाई एमालेबाट निष्कासन गरिएको हो। उनीहरुलाई पार्टीका आधिकारीक उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएकाले एमालेले कारबाही गरेको हो।
