धनगढी, २६ असोज । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा उम्मेदवार रहेका डिल्लीराज पन्तले गठबन्धन दलको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा आएको बताएका छन ।
बुधबार धनगढीस्थित लक्ष्मीनारायण चौकमा पाँच दलिय गठबन्धनको सचिवालय समुदघाटन गर्दै पन्तले सबैले आफुलाई उम्मेदवार सोचेर गठबन्धन दलमा मतदान गर्न आग्रह गरे ।
‘मैले पाँच दलिय गठबन्धनको प्रतिनिधित्व मात्र गरेको हु । उम्मेदवार तपाई सबैनै हो’ उनले भने –‘आफुलाई उम्मेदवार सोचेर जनतामाझ मत माग्नुहोस । पार्टीको हितका लागि सबै लाग्नुहोस ।’
प्रदेश सभा २ का उम्मेदवार प्रकाश देउवाले प्रदेशको समग्र विकासका लागि आफु प्रदेश सभामा उम्मेदवार बनेको बताए । उनले भने –‘म यहिको मान्छे हुँ । केही मानिसले मलाई पर्यटक भनेर अफवाह फैलाईरहेका छन ।
यस्ता भ्रमहरुलाई चिर्न आवश्यक रहेको छ ।’प्रदेश सभा १ का उम्मेदवार रमेश धामीले गठबन्धन दलका पक्षमा इमान्दारिपूर्वक लाग्न सबैमा आग्रह गरे ।
बुधबार बाम लोकतान्त्रिक गठबन्धन दलको सचिवालय समुदघाटन भएसंगै प्रचार–प्रसार, भेटघाट, विभिन्न चरणका छलफल लगायतका गतिविधि सचिवालयबाटै हुने जनाइएको छ ।