डडेलधुरा, २६ असोज । नेकपा एमालेका उमेदवारको उमेदवारी फिर्ताका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै निवेदन दिएको पाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले दिएको जानकारीअनुसार सो पार्टीका उमेदवार चत्र प्रसाद स्नेहीको नाम फिर्ता लिन एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै निवेदन पेस गरेका थिए ।
“उमेदवार मनोनयन गरेको दलको तर्फबाट केपी शर्मा अोलीले निवेदन पेस गरेको हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २५ को उपदफा (४) बमोजिम निजको नाम उमेदवारको सूचीबाट हटाई यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा भनिएको छ ।
