धनगढी, २५ असोज । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा विरुद्ध परेको उजुरीबारे निर्वाचन कार्यालयमा प्रमाण पेश गरिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजू राणा देउवाले उजुरीको जवाफ दिएकी हुन् ।
नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति रहेको भन्दै देउवा विरुद्ध कर्ण मल्लले हिजो उजुरी दर्ता गराएका थिए ।देउवाले पठाएको जवाफ बिहान साढे ११ बजे कार्यालयमा दर्ता भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
देउवालाई जवाफ पठाउनका लागि दिउँसो २ बजेसम्मको समय दिइएको थियो।उजुरीको जवाफ आएपछि के गर्ने भन्ने बारे छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए । ५ बजे भित्र यस विषयमा आयोगले निर्णय लिने उनले बताए ।