धनगढी, २३ असोज । अछाम–१ मा एमाले नेता झपट बोहराले उम्मेदवारी दर्ता गरेका छन्। अघिल्लो पटक माओवादी बाट प्रदेश सभामा निर्वाचन भएका बोहरा अहिले एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका हुन्।
यसअघि यो क्षेत्रमा एमालेबाट भीम रावल उम्मेदवार बन्दै आएका थिए। जिल्ला बाट एकल सिफारिस भएपनि एमालेले यो पटक रावललाई टिकट दिएन।