काठमाडौं, २३ असोज । युवा नेता भरतकुमार शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । शाहीले कैलाली–२ (ख) बाट प्रदेश सभामा उम्मेदवारी दर्ता गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतवार उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा कमल सञ्ज्याल र समर्थकमा प्रेमबहादुर वि.क रहेका छन् ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका नेता शाहीलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रबाट प्रतिनिधि सभामा गठबन्धनबाट नेकपा माओवादी केन्द्र र प्रदेश सभा (क) मा नेपाली कांग्रेस र प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रको भागमा परेको थियो ।
विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय नेता शाहीले पछिल्लो समय नेतृत्वमा पार्टीभित्र वैचारिक र सैद्धान्तिक विचलन आएको पार्टी राजनीतिमा लामो समय संघर्ष गर्दै आएका युवालाई नेतृत्वले पाखा लगाउन थालिएको बताए । उनले आफ्नो जित सुनिश्चित रहेको दाबीसमेत गरे ।
