धनगढी, २३ असोज/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट चुनावी मैदानबाट बाहिरिएका छन् । एक मात्रै प्रतिनिधी सभा निर्वाचन क्षेत्र रहेको उनको निर्वाचन क्षेत्र डोटी ‘ख’ प्रदेशबाट उनका प्रमुख स्वकीय सचिव शिबसिह वलीले टिक पाएका छन् ।
मुख्यमन्त्री भट्टको निर्वाचन क्षेत्रबाट यसपालि शिबसिह वली लड्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी चौधरी उत्सवले जानकारी दिए । अहिले निर्वाचन लड्ने ओली मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव हुन् ।
नेकपा माओवादी केन्द डोटी बाट प्रतिनीधी सभा सदस्यका लागी दावी थियो । सत्तागठबन्धनको सिट बाडफाडमा एकिकृत समाजवादीको भागमा परेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फेरी प्रदेशमा दाहरीन भनेका भट्टले प्रदेश सभामा सदस्यमा समेत टीकट पाएनन् ।
