धनगढी, २२ असोज । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवा आज धनगढी आएकी छिन्।
आइतबार मंसिर ४ मा हुने चुनावका लागि मनोनयन दर्ता गरिने मिति भएकाले सोही कामका लागि नेतृ राणा धनगढी आएकी हुन्। उनलाई धनगढी विमानस्थलमा स्वागत गर्न काँग्रेस नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।
